सिक्वेल फिल्ममा रणवीर ?

फिल्म । पछिल्लो समय एक्टर रणवीर सिंह चर्चामा छन् । गत वर्ष पद्मावत र सिम्बामा अभिनय गर्दै चर्चामा आएका रणवीरले यस वर्षको सुरुवातसँगै प्रदर्शनमा आएको फिल्म ‘गल्ली ब्वाई’ ले पनि चर्चामा ल्यायो । यी तिन फिल्ममा उनि भिन्न भिन्न रुपमा दर्शकसामु आए र सफल पनि भए । यिनै रणवीरले गत वर्ष आफ्नो प्रेमिका दीपिका पादुकोणसँग विवाह पनि गरे ।

जसकारण पनि उनि चर्चाको हिसाबले लगभग अन्य एक्टर भन्दा अगाडी नै रहे । यिनै रणवीरले यसै वर्षको अन्त्यबाट शुटिङ सुरु गर्ने सहमति सहित पुराना निर्देशक राजकुमार सन्तोषीको प्रोजेक्टको लागि ‘एस’ भनेका छन् । उनलाई केहि समय यता सन्तोषीले प्रस्ताव राख्दै आएका थिए तर स्क्रिप्ट चित्त बुझेपछि रणवीरले सहमति दिएको बुझिएको छ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने यो सन्तोषीकै फिल्म ‘अन्दाज अपना अपना’ को सिक्वेल हो । किनकी केहि समय यता सन्तोषीले सिक्वेल बनाउने चर्चा बि-टाउनमा छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्