संगीत । चर्चित गायन रियालिटी शो इण्डियन आइडल सिजन १० को विजेता सलमान अलि घोषित भएका छन् । यसमा फस्टरनरअप अंकुश भारद्वाज र सेकेन्ड रनरअप निलान्जना रे घोषित भएका छन् । टप ५ मा सलमान अलि , बिभोर प्रसर , निलान्जना रे , निथिन कुमार र अंकुश भारद्वाज रहेका थिए । यी पाँच नै इण्डियन आइडल १० को विजेताको हकदार थिए ।
यस शो लाइ मनिष पौलले होस्ट गरेका थिए भने यसमा अनु मलिक , विशाल दडलानी र नेहा ककड़ले निर्णायकको भूमिका निर्वाह गरिरहेका थिए । तर #metoo काण्डमा अनु परेपछि उनलाई शो बात हटाएर उनको स्थानमा गायक जावेद अलिलाई राखिएको थियो । फिनालेमा फिल्म जिरो युनिट अर्थात् शाहरुख खान , कट्रिना कैफ र अनुष्का शर्मा गेस्टको रुपमा उपस्थित थिए ।
And the moment we've all been waiting for is here! The winner of #IndianIdol season 10 is, SALMAN ALI! Congratulations!!! @Salmanaliidol
— Sony TV (@SonyTV) December 23, 2018