साइँलीको ‘नाँच माया’ सार्वजनिक (भिडियो)

फिल्म । गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’ को पहिलो गीत सार्वजनिक गरिएको छ । गायक रानाकै जन्मोत्सवको अवसर पारेर ‘नाच माया…’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा गायक हेमन्तले नै स्वर भरेका छन् भने हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह फिचर्ड छन् ।

चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । ‘गीतकै भाव अनुसार फिल्मलाई तयार गरेका छौ’ निर्देशन गुरुङ भन्छन ‘ गीतमा वैदेशिक रोजगारीमा गएका गौरव र गाउँमा घाँसपात गरेर बसेकी मेनुकाको प्रेमभाव प्रस्तुत गरिएको छ ।’ गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्