‘२.०’ मा सरप्राइज ‘३.०’ (भिडियो सहित)

फिल्म । फिल्म ‘२.०’ को चर्चा बढ्दो छ । फिल्म कस्तो छ भन्ने मात्र होइन फिल्मले कति कमायो भन्ने जिज्ञाषा पनि सबैलाई छ । किनकी यो एसियाकै दोस्रो महँगो फिल्म हो । फिल्मले पहिलो दिन एक सय करोड भन्दा बढी ग्रस कलेक्सन गरेर बाहुबली २ पछीको ग्रस कलेक्सन गर्ने फिल्मको सुचिमा आफुलाई स्थापित गरिसकेको छ ।

एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मले रिलिज भएसँगै केहि रेकर्ड बनाएको छ । फिल्ममा दर्शकले चिट्टीसँगै २.० लाई पनि हेर्न पाउछन । यति मात्र होइन फिल्ममा ३.० पनि दर्शकले सरप्राइजको रुपमा हेर्न पाउनेछन ।

फिल्मका अभिनेता अक्षय कुमारले ट्विटरमा एक भिडियो शेयर गर्दै ३.० लाई रिलिज गरेका छन् । उनले यसको आनन्द लिन हलमा पुग्न समेत आग्रह गरेका छन् । शंकरको निर्देशन र रजनिकांतको अभिनय रहेकै कारण फिल्मले साउथ इन्डियामा राम्रो कलेक्सन गरिरहेको छ । विशेष गरि साउथ इन्डियामा रजनिकांतलाई पुजा नै गर्ने गर्छन , दर्शकले । साउथका केहि हलमा पहिलो दिनको शो मा रजनिकांतको पहिलो सर्टमा केहि समय रोक्दै उनको दिर्घायुको कामना समेत दर्शकले गरेका थिए ।

(एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्