दोस्रो सातामा ‘ड्रिम गर्ल’

फिल्म । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘ड्रिम गर्ल’ दोस्रो सातामा प्रवेश गरेको छ । यो साता नेपाली फिल्म ‘शान्ति’ मात्र प्रदर्शन भएको कारण नेपाली फिल्म लाग्ने स्टेसनमा ‘ड्रिम गर्ल’ पनि प्रदर्शन भईरहेको छ । निर्माण पक्षले फिल्म हेरेका दर्शकले मन पराएको प्रतिक्रिया दिईरहेको बताएका छन् । फिल्म युनिटले मोफसल यात्रा पनि गरेको थियो ।

लभ, कमेडी, एक्शन र सेन्टिमेन्टसले भरिएको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन बिक्रम राई, पूजा पराजुली, सुरवीर पण्डित, अर्जुन श्रेष्ठ, शिसिर भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन् । अर्जुन शर्मा, रामेश्वर घिताल, निर्देशक ऋषिराज आफै र दक्षिण भारतीय कम्पनी रिल एण्ड रियलको संयुक्त निर्माणमा बनेको फिल्म काठमाडौ, रारा ताल र थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको स्क्रिप्ट निर्देशक ऋषिराज आफैले लेखेका हुन् । नवीन निरौलाले सम्पादन गरेको फिल्म राहुल राई र रामेश्वर हुमागाईले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्