सहयोगी मदन

फिल्म । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई पाँच लाख आर्थिक सहयोग गरेका छन् । श्रेष्ठले पत्रकार सममेलन मार्फत रकम हस्तान्तरण गरेका हुन । गत जेठ १० गते सोती निवासी प्रेमिका सुष्मा मल्ललाइ विवाह गर्नको लागि प्रेमी वनराज विश्वकर्माले लिन जाने क्रममा नवराजसँगै उनका पाँच जना साथीको पनि मृत्यु भएको थियो ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरेको रकम मध्ये मृतकका प्रत्येक परिवारलाई ५० हजारका दरले तीन लाख वितरण गरिने छ भने प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई १ लाख २० हजार रकम प्रदान गरिने छ । यो रकम नगरपालिकाका प्रमुख मार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

कमेन्ट गर्नुहोस्