सलमानको फिल्ममा दीपिका ?

बलिउड । पछिल्लो समय सलमान खान फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । उनि फिल्ममा विभिन्न गेटअपमा देखिनु पर्ने भएकोले त्यहि अनुसार आफुलाई प्रस्तुत गरिरहेका छन् । यिनै सलमानले पछिल्लो समय विश्वास गर्ने निर्देशक मध्यका एक हुन् , अलि अब्बास जफर । सलमानले अलिसँग सुल्तानमा पहिलो पटक काम गरेका थिए । त्यो फिल्मलाई दर्शकले रुचाएपछी सलमानले दोस्रो फिल्म ‘टाइगर जिन्दा है’ मा काम गरे । फिल्म बलिउडमा सफल रह्यो । त्यसपछी सलमानले उनिसँग तेस्रो प्रोजेक्ट सुरु गरे , भारत ।

यिनै सलमानले अलिसँग टाइगर जिन्दा हैको सिक्वेल ‘जिन्दा टाइगर’ मा काम गर्ने भएका छन् । ‘जिन्दा टाइगर’ वर्किङ टाइटल रहेको फिल्ममा सलमानसँगै दीपिका पादुकोण पनि देखिनेछिन । फिल्ममा दीपिका भने गेस्ट रोलमा मात्र देखिनेछिन भने यसमा लिड हिरोइन भने कट्रिना कैफ नै रहनेछिन । दीपिका फिल्ममा देखिने खबरले बि-टाउनमा निकै चर्चा पाइरहेको छ । यसै महिनामा आफ्नो प्रेमी रणवीर कपूरसँग विवाह बन्धनमा बाधिएकी दीपिका र सलमानलाई पर्दामा संगै हेर्ने चाहना दर्शकको छिटै नै पुरा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्