दर्शकले रुचाए गुनगुन – निर्देशक भट्टराई

फिल्म । कार्तिक ३० शुक्रबारबाट फिल्म ‘गुनगुन’ रिलिज भएको छ । फिल्म नेपालभर झन्डै ५० हलमा रिलिज भएको हो । आफ्नो कलाकारिता जीवनबाट निर्देशनमा डेब्यु गरेका पुकार भट्टराईले फिल्मलाई दर्शकले रुचाएको बताएका छन् । उनले आफै हलमा पुगेर दर्शकको प्रतिक्रिया लिईरहेको समत बताए । ‘ हामी दर्शक संख्या भन्दा पनि प्रतिक्रिया फोकस छौ , सबैले फिल्म रुचाउनु भएको छ’ निर्देशक भट्टराई आफु हलमा पुगेर प्रतिक्रिया लिईरहेको बताए । उनले भने ‘फिल्मको कथा वस्तुलाई दर्शकले रुचाइदिनु भएको छ , वर्ड अफ माउथ राम्रो छ ।’

उनले यसफिल्मबाट आउदो प्रोजेक्टलाई कसरि अगाडी बढाउने भन्ने जान्न मदत पुगेको समेत बताए । ‘यसरि दर्शकसँग फिडब्याक लिएको थिइन् , आउडो प्रोजेक्टको लागि पनि सुझाब पाए’ निर्देशक भट्टराई नयाँ फिल्मको तयारीमा पनि छन् ।

पारिवारिक प्रेम कथामा आधारित फिल्ममा निर्देशक भट्टराईसँगै संचिता लुइँटेल , सुवास मेचे, रविन्द्र प्रताप सेन , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।

कमेन्ट गर्नुहोस्