हङकङमा घोषणा भयो ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’

फिल्म । पछिल्लो समय नेपाली फिल्म तथा गीतसंगीतसँग जोडिएका कार्यक्रमसँगै अवार्ड पनि विदेशी भूमिमा हुने गरेका छन् । यसकिसिमको गतिविधिले नेपाली फिल्मलाई प्रवद्धनमा टेवा पुर्याउने बुझिएको छ । यसै शिलशिलामा हङकङमा सन् २०१९ को जुनमा नेपाली फिल्म अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१८’ मा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् ।

हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्ड आयोजना हुने अवार्डको बारेमा आयोजकले हङकङमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् । उक्त पत्रकार सम्मेलनमा नेपाल अवार्ड संजोजनको जिम्मा पाएको संगिक्षा फिल्म्सका अध्यक्ष मनोज केसी उपस्थित थिए । फिल्म र म्युजिक भिडियोसँग जोडिएको अवार्डको आयोजना गरिसकेका केसीले यसपटकको अवार्डमा अघिल्ला कमीकमजोरी नदोहोरिने बताए । ‘हरेक कामले मानिसलाइ परिपक्क बनाउदै लान्छ , हिजोको कामले मलाइ आज थप परिपक्क बनाउदैछ’ मनोजले भने ‘अवार्ड सभ्य एवं भव्य रुपमा सम्पन्न हुनेछ ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जी एम ठकुरी, लोकराज लिम्बु, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेका छन् । अवार्डको संयोजकको रुपमा शान्ती नेपाली रहेकी छिन् । पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, पपुलर निर्देशक, पपुलर जुरी अवार्ड, पपुलर हाँस्य कलाकार, पपुलर खलनायक, पपुलर नव–नायक, पपुलर नव–नायिका, पपुलर छायांकार, पपुलर लेखक, पपुलर सह अभिनेता, पपुलर सह अभिनेत्री, पपुलर संगीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर गितकार, पपुलर चरित्र अभिनेता, पपुलर चरित्र अभिनेत्री सहित अवार्ड २१ विधामा प्रदान गरिनेछ भने फिल्म क्षेत्रमा विशेष योगदान पुर्याएको एक फिल्मकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुने अवार्डल़िया विशेष बनाउने हङकङ संयोजक शान्तिले बताइन । ‘हामीले अवार्डलाई यहाँ भएका नेपाली अवार्ड मध्ये उत्कृष्ट बनाउनेछौ’ शान्तिले भनिन् ‘यो अवार्ड एउटा उदाहरणको रुपमा प्रस्तुत हुनेछ ।’ अवार्डको डेट केहि दिनमा सार्वजनिक गरिने समेत आयोजकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्