‘जात्रै जात्रा’ टिजर रिलिज (भिडियो)

फिल्म । फिल्म ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक गरिएको छ । बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ संगै हलमा रिलिज गरिएको टिजरलाई युट्युबमा शनिवार रिलिज गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ । सार्वजनिक टिजर दयाहाङ राई पनि देखिएका छन् ।

कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठले खिच्ने फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा ‘जात्रा’ जहाँ सकिएको थियो त्यहीँबाट सुरु हुन्छ । डेढ करोडको लगानीमा निर्माण हुने फिल्मको काठमाडौंको असन, बौद्ध र पोखरामा छायाँकन हुनेछ ।

कमेन्ट गर्नुहोस्