केदारनाथको ‘नमो नमो’

बलिउड । फिल्म ‘केदारनाथ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘नमो नमो’ बोलको सार्वजनिक गीतमा केदारनाथलाई देखाइएको छ । गीतमा फिल्मका एक्टर सुशान्त सिंह राजपुत भक्तजनलाई पिठ्युमा बोकेर मन्दिर तर्फ लादै गरेको देखिएका छन् । यसबाट उनको रोल अनुमान गर्न सकिन्छ ।

गीतमा सारा अलि खानको भने केहि झल्क मात्र देख्न सकिन्छ । उनि यसै फिल्म मार्फत बलिउडमा डेब्यु गर्दैछिन । यसगीतलाई अमिताभ भट्टाचार्यले लेखेका हुन् भने संगीत र स्वर अमित त्रिवेदीको रहेको छ । यस फिल्ममा सन् २०१३ मा केदारनाथमा भएको घटनालाई देखाइएको छ । फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्