लुक्स नलुकाउने प्रियंका

फिल्म । प्रियंका कार्की पछिल्लो समयकी व्यस्त नायिका मध्यकी एक हुन् । उनि फिल्म , विज्ञापन , स्टेज शो र म्युजिक भिडियोमा उत्तिकै व्यस्त हुने गर्छिन । उनि अभिनित फिल्म ‘चङ्गा चेट’यतिबेला प्रदर्शन भईरहेको छ भने उनि फिल्म ‘प्रेम दिवस’को छायाँकनमा व्यस्त छिन । प्रियंका काममा जति व्यस्त हुन्छिन , सोसल मिडियामा पनि उतिनै । अर्थात् उनलाई सोसल मिडियामा फलो गर्नेले उनको हरेक अपडेट पाउने गर्छन ।

यिनै प्रियंकाले आफ्नो हरेक अपडेट दिने क्रममा फिल्मका लागि तयार गरिएको लुक्स पनि लुकाउन सकिदिननन् । नयाँ फिल्ममा प्रियंका कस्ती देखिएलिन् ? यो जिज्ञाषा छायाँकनकै क्रममा उनकै सोसल मिडिया मार्फत प्रस्टिने गर्छ । यसको फिल्मको फस्ट लुक , पोस्टर वा टिजर कुर्नु पर्दैन । यस्तै भएको छ उनले छायाँकन गरिरहेको पछिल्लो फिल्म ‘प्रेम दिवस’ मा पनि ।

फिल्मको छायाँकन यतिबेला पुर्वका रमणीय दृश्यमा भईरहेको छ । योगेश घिमिरेको निर्देशनमा तयार भईरहेको फिल्मको लागि प्रियका आयुष्मान डिएस जोशीसँगै पुर्वमा छिन । छायाँकनमा व्यस्त प्रियंकाले फिल्मको सेटबाट सोसल मिडियामा तस्वीर पोस्ट गरेकी छिन । तस्वीरबाट उनको फिल्मको लुक्स प्रस्टिन्छ । यसरि सोसल मिडियामा तस्वीर पोस्ट गर्दा फिल्मको फस्ट लुक अन्तर्गतको रिलिज हुने सामाग्री प्रति उनकै फ्यानलाई कौतुहलता हुदैन भन्ने सायद उनलाइ हेक्का छैन ।

 
View this post on Instagram
 

A post shared by Priyanka Karki (@priyanka.karki) on

कमेन्ट गर्नुहोस्