बोगटीको अन्तिम बिदाइ (फोटोकथा)

काठमाण्डौ । गत मंगलवार दुर्घटनामा परि स्वर्गीय भएका कलाकार संघका अध्यक्ष राम केशर वोगटीको आज पशुपति स्थित आर्यघाटमा अन्तेष्टि गरिएको छ । दुई श्रीमती , दुई छोरा तथा एक छोरी रहेका बोगटीको कलाकार संघले श्रद्धाञ्जली सभाको समेत आयोजना गरेको थियो । अस्ट्रेलियामा रहेकी छोरीले अन्तिम पटक बुवाको अनुहार हेर्ने ईच्छा जाहेर गरेपछि उनको दाहसंस्कार गरिएको थिएन । छोरी अस्ट्रेलियाबाट आउने वितिकै आर्यघाटमा पुगेकी थिइन् । एक छोरा अमेरिकामा भएकोले उनलाई नेपालमै रहेका छोराले दाग्वती दिएका थिए । स्वर्गीय बोगटीको अन्तिम विदाईमा उपस्थित फिल्मकर्मी भावुक थिए । यसकारण घट्यो दुखद घटना टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो । रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल बोगटी माथि ढलेको थियो । ढलेको पोल र ट्रान्समिटरले उनलाई थिचेको थियो । तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्