‘न यता न उता’ मा ऋचा र छुल्ठिमको छमछमी (भिडियो)

जयहोस् । फिल्म ‘न यता न उता’ मा समावेश गीत ‘चोलीको तुना’ सार्वजनिक भएको छ । केहि दिन अगाडी सार्वजनिक गरिएको टिजरपछी निर्माण टिमले दसैँ र तिहारलाई लक्षित गर्दै डान्सीङ नम्बर सार्वजनिक गएको हो । फेस्टिभल सिजनमा डान्सीङ नम्बर बढी बज्ने भएकोले पनि निर्माता तथा निर्देशक गीत सार्वजनिक गर्ने गर्छन । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने यसलाई राजन इशान र मिलन जलनले कम्पोज गरेका हुन् । गीतमा राजनसँगै मिलन अमात्य , राजनराज शिवाकोटी र मिना सिंहको स्वर रहेको छ । गीतमा ऋचा शर्मा र छुल्ठिम गुरुङसँगै समिर दीक्षित र मिरा देखिएका छन् । फिल्ममा बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , सिल्सा जिरेल लगायतको अभिनय रहेको छ । गीतलाइ विक्रम स्वारले निर्देशन गरेका हुन् । फिल्ममा एरोन अशोककुमारको छायाँकन , विपिन मल्लको सम्पादन , अभिमन्यु निरवीको डाइलग रहेको छ भने फिल्मलाई विशारद बस्नेत र मिराजले संयुक्त रुपमा निर्देशन गरेका छन् ।
कमेन्ट गर्नुहोस्