असोजमा ‘कथा काठमाण्डौ’

काठमाण्डौ , कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ‘कथा काठमाण्डौ’ को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ‘कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताले फिल्मको फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरेकी छिन । पोष्टरलाई ज्योतिमान डंगोलले तयार गर्नु भएको हो । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको पात्रको लुक्स र काठमाण्डौमा भोगिने केहि घटनाक्रमको प्रतिविम्ब चित्रण गरिएको छ । असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।
कमेन्ट गर्नुहोस्