‘दुःख सुख जिन्दगानी’ भन्दैछन् प्रकाश र सुहाना

फिल्म । नेपाली फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘ दुःख सुख जिन्दगानी’ रिलिज गरिएको छ । शनिबार निर्माण टिमले प्रचारप्रसारको अर्को सामाग्रीका रुपमा दोस्रो गीत रिलिज गरेको हो । गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारले गाएका छन् । गायक प्रकाशकै शब्द तथा संगीत रहेको छ ।

यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। मायालु भावका प्रस्तुत भएका सुहाना र प्रकाशको जोडीलाई दर्शकले मन पराएका छन्। उनीहरुको यो पहिलो स्क्रिन सेयर हो । यसमा गायक गायिका प्रकाश र शान्तीश्रीको आवाजमा रहेको गीत ‘दुःख सुख जिन्दगानी’ रिलिज गरिएको हो । यस गीतले पनि ग्रामिण भेगका युवा युवतीको माया र उनीहरुबीचको प्रेमलाई पर्दामा झल्काउँछ ।

यस फिल्मको गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ भने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा सुशील पोखरेल रहेका छन् । उनको लगानीमा बनेको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाको छ। उनी पुराना फिल्म लेखक तथा कलाकार समेत हुन्। संकल्प भुजेलको छायांकन,रामजी लामिछाने,मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्को रंग संयोजन कनाल कँवरको छ। यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरी,मुख्य सहायक निर्देशकका रुपमा करण बहादुर साउद रहेका छन्। फिल्मको भिएफएक्समा समिर मिया र सत्यम रानाको छ भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानले गरेका छन्। फिल्मको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेको छ। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ।

कमेन्ट गर्नुहोस्