निश्चलको अंगालोमा स्वस्तिमा

फिल्म । छायाँकनरत फिल्म ‘घामट शेरे’ को सेटबाट तस्वीरहरु आउँन थालेका छन् । सामाजिक सञ्जालमा एक्ट्रेस स्वस्तिमा खड्काले सार्वजनिक गरेको तस्वीरले विस्तारै चर्चा बटुल्दै छ । उनि आफ्नो पति तथा फिल्मका कलाकार निश्चल बस्नेतको अंगालोमा छिन् । साथै , उनले लेखेकी छिन् ‘तिम्रो मायाले बाधेर राख’ । स्वस्तिमा र निश्चलको यो तस्वीरलाई कमेन्टमा तारिफ मिलेको छ ।

सबैले राम्रो भन्दै कमेन्ट गरेका छन् । पछिल्लो समय ‘घामट शेरे’ को छायाँकनमा रहेको जोडीले सेटमै तस्वीर लिएको अनुमान लगाउन गाह्रो छैन । फिल्ममा यी दुइ जोडीकै रुपमा देखिएका छन् । केहि दिन अगाडी निश्चलले पनि ‘अन लोकेसन’ क्याप्सन लेख्दै आफु र स्वस्तिमाको तस्वीर शेयर गरेका थिए । ‘नाच फिरिरि’ को भिडियोमा देखिएको निश्चल र स्वस्तिमाको जोडी यसैफिल्म मार्फत ठुलो पर्दामा देखिदैछन् । फिल्मको यतिबेला सुर्खेतमा छायाँकन भइरहेको छ । हेमराज विसीले निर्देशन गरिरहेको फिल्ममा संयम पुरी पनि छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिच्दैछन् ।

 
View this post on Instagram
 

तिम्रो मायाले बॉधेर राख 💋💋

A post shared by Swastima Khadka (@swastimakhadka) on

कमेन्ट गर्नुहोस्