‘राम नाम सत्य’मा विराजको दमदार एक्सन

फिल्म । नेपाली फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक गरिएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने देखिएको छ । सार्वजनिक टिजरमा अभिनेता विराज भट्टको एङ्ग्री तथा एक्सन अवतार प्रस्तुत गरिएको छ । निर्देशक माइकल चन्दको निर्देशनमा बनेको फिल्म आगामी चैत २७ गते प्रदर्शन हुँदैछ ।

फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार र खुशी कार्की लगायत कलाकारको अभिनय रहेको छ। टिजरमा यी कलाकारहरूको झलक देख्न सकिन्छ।

माइकल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् भने क्रियटिभ निर्माता मोती कार्की रहेका छन् । राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारी को संगीत रहेको छ ।

फिल्मका स्क्रिप्ट सल्लाहकार अभिमन्यू निरवी र समय थपलिया हुन् । निर्देशक चन्दकै कथा तथा पटकथामा बनेको फिल्ममा मानकृष्ण महर्जन को छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको पार्श्व संगीत रहेको छ । टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन् ।

कमेन्ट गर्नुहोस्