मार्चमा रिलिज हुँदैछन् यी ९ फिल्म

फिल्म । फिल्मप्रेमी दर्शकका लागि मार्च २०२६ व्यस्त र रोमाञ्चक महिना बन्ने देखिएको छ । आगामी ३१ दिनमा मौसमसँगै बक्स अफिसको तापक्रम पनि उच्च हुने अनुमान गरिएको छ । विशेषगरी ईदको अवसर पारेर १९ मार्चमा वर्षकै ठूलो बक्स अफिस भिडन्त हुने भएको छ । उक्त दिन ‘टक्सिक : अ फेरी तेल फर ग्रोन अप्स’ र ‘धुरन्धर २ : द रिभेन्ज’ प्रदर्शन हुँदैछ । सोही कारण मार्चलाई फिल्मले चर्चामा ल्याउने देखिएको छ । तर मार्चमा यी दुई मात्र होइन, हिन्दी दर्शकका लागि जम्मा ९ फिल्म रिलिज हुँदैछन् ।

६ मार्चमा रिलिज हुने यो लोककथामा आधारित थ्रिलर फिल्म ‘चरक : फेयर अफ फेथ’ सुदीप्तो सेनले निर्माण गरेकी हुन् । शीलादित्य मौलिकको निर्देशनमा बनेको फिल्मले ग्रामीण भारतमा रहेका अन्धविश्वास र धार्मिक अनुष्ठानको खतरनाक सीमालाई देखाउँछ । कथाको केन्द्र चरक मेला हो, जहाँ विश्वास विस्तारै डर र पागलपनमा बदलिँदै जान्छ । अन्जली पाटिल, सहिदुर रहमान, सुब्रत दत्ता लगायत कलाकारको अभिनय छ ।

‘ना जाने कौन आ गया’ नामक रोमान्टिक फिल्म पनि सोही दिन प्रदर्शन हुँदैछ । यो रोमान्टिक ड्रामा विकास अरोराको निर्देशनमा बनेको हो । प्रणय पचौरी, मधुरिमा राय र जतिन सरनाको अभिनय रहेको फिल्म प्रेम त्रिकोणको कथा हो, जहाँ भावनात्मक द्वन्द्व र जटिल निर्णयहरू केन्द्रमा छन् ।

मार्च १३ मा ‘किस्सा कोर्ट कचहरी का’ प्रदर्शन हुँदैछ । १३ मार्चमा रिलिज हुने यो फिल्मले भारतीय न्याय प्रणालीका जटिल पक्षलाई उजागर गर्छ । मेरठ पृष्ठभूमिमा बनेको फिल्ममा राजेश शर्मा, बृजेन्द्र काला, जितेन्द्र यादव लगायत कलाकार छन् । निर्देशन रजनीश जायसवालले गरेका हुन् ।

यो मार्चको १९ निकै प्रतीक्षा गरिएको छ । उक्त दिन यश र रणवीर सिंह आमनेसामने हुँदैछन् । ‘धुरन्धर २ : द रिभेन्ज’ मार्फत रणवीर पुनः पर्दामा आउँदैछन् । ईदको अवसरमा रिलिज हुने यो बहुप्रतिक्षित सिक्वेल आदित्य धरको निर्देशनमा बनेको हो । पहिलो भागको ठूलो सफलतापछि फिल्मले अझ ठूलो कलेक्सन गर्ने अपेक्षा गरिएको छ । रणवीरसँगै संजय दत्त, अर्जुन रामपाल र सारा अर्जुनको अभिनय छ ।

सोही दिन प्रदर्शन हुने अर्को प्रतिक्षित फिल्म हो टक्सिकः ए फेरी टेल फर ग्रोन-अप्स’ । यशको कमब्याक फिल्म ‘टक्सिक’ करिब ६०० करोड भारुको बजेटको पिरियड ग्याङस्टर ड्रामा हो । गीतु मोहनदासको निर्देशनमा बनेको फिल्ममा यश डबल रोलमा छन् । कियारा आडवाणी, नयनतारा र हुमा कुरैशी लगायत कलाकार छन् । यसमा गोवाको अपराध जगतमा आधारित कथा समावेश छ ।

यस्तै, मार्च २० मा प्रदर्शन हुने ‘मसूद खान पार्ट-१ : द रेज’ पनि चर्चामा छ । तेलुगू भाषामा बनेको यो कमेडी-फ्यान्टेसी फिल्म २० मार्चमा बहुभाषिक संस्करणमा रिलिज हुँदैछ । भगवान र राक्षसबीच फसेको पात्रको कथाको फिल्मम मार्फत साहस र विश्वासको विषय उठाइएको छ ।

मार्च २१ मा प्रदर्शन हुने फिल्म ‘ओमलो’ नामक सामाजिक ड्रामा सात वर्षका बालक र ऊँटको सम्बन्धमार्फत बाल मनोविज्ञान र सामाजिक पीडालाई देखाउँछ । सोनू रणदीप चौधरीको निर्देशनमा बनेको फिल्म संवेदनशील विषयवस्तुमा आधारित छ ।

कमेन्ट गर्नुहोस्