तेलुगु फिल्म डेब्यु गर्दै राशा

फिल्म । बलिउड फिल्म ‘आजाद’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री राशा थडानी अब तेलुगु फिल्ममा देखिने भएकी छन् । उनी फिल्म ‘श्रीनिवास मंगापुरम’ मार्फत तेलुगु फिल्म उद्योगमा प्रवेश गर्न लागेकी हुन् । फिल्मको हालै ‘मोशन पोस्टर’ सार्वजनिक गरिएको छ । उक्त पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै राशाले आफ्नो खुसी व्यक्त गरेकी छन् । इन्स्टाग्राममा सार्वजनिक पोस्टरमा उनले हल्का बैजनी रङको पहिरन लगाएकी देखिन्छिन् । खुला कपाल र फूलले सजिएको पृष्ठभूमि पोस्टरमा देख्न सकिन्छ ।

फिल्म ‘श्रीनिवास मंगापुरम’ को निर्देशन अजय भूपतिले गर्दैछन् । यस फिल्ममा राशा थडानी मंगाको भूमिकामा देखिनेछिन् । फिल्मको रिलिज मिति भने हालसम्म सार्वजनिक गरिएको छैन । निर्देशक भूपतिले यसअघि ‘आरएक्स १००’, ‘महा समुद्रम’ र ‘मंगलावरम’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

राशा थडानीले अभिषेक कपूरको निर्देशनमा बनेको फिल्म ‘आजाद’ बाट बलिउडमा कदम राखेकी थिइन् । उक्त फिल्ममा अजय देवगनका भतिजा अमन देवगनको पनि अभिनय रहेको थियो । राशा अब छिट्टै अर्को फिल्म ‘लइकी लइका’ मा पनि देखिने तयारीमा रहेकी छन् ।

कमेन्ट गर्नुहोस्