अनुष्काको गसिप ट्रिक !

फिल्म । बलिउड अभिनेत्री अनुष्का शर्मा पछिल्लो समय पर्दाबाट केहि टाढा छिन् । क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाधिएपछी उनि पर्दामा कम देखिएकी छिन् । आउँदो मेमा वेब सिरिज ‘पाताल लोक’ ल्याउने तयारीमा समेत रहेकी अनुष्का अरुको गसिपमा रमाउने गर्छिन् । बि-टाउनमा हुने भेटघाटमा उनलाई अरुको गसिप निकै मन पर्छ । ‘म भेटघाटमा अल्कोहल पिउदिन तर साथ दिन्छु । त्यहिँ क्रममा विभिन्न साथीहरुबाट विभिन्न गसिप आउछ’ अनुष्काले भनिन् । उनि आफै सेल्फ इन्जोय पनि गर्छिन् । ‘म सेल्फ इन्जोय गर्न निकै माहिर छु’ उनले भनिन् ,’बलिउडमा भएसी सबैको खबर त राख्नै पर्यो ।’

शाहरुख खानसँग फिल्म ‘रव ने बनादी जोडी’ मा जोडी बनेर डेब्यु गरेकी अनुष्काले छोटो समयमा बलिउडमा आफुलाई स्थापित गर्न सफल भइनन् । बलिउडका तिनै खान आमिर खान , सलमान खान र शाहरुखसँग काम गरेकी अनुष्का पछिल्लो समय फिल्म निर्माणमा पनि सक्रिय छिन् । उनले आफ्नो व्यानर मार्फत एनएच १० र परी बनाइसकेकी छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्