फिल्म । ‘केजीएफ’ शृंखलामार्फत यश आफू मात्र चिनिएनन्, आफ्नो कन्नड फिल्म उद्योगलाई पनि चिनाए । उनै यश नयाँ फिल्म ‘टक्सिक’ मा देखिदैछन् । फिल्मको निर्माण पक्षले उनको जन्मोत्सवको अवसर पारेर फिल्मबाट उनको क्यारेक्टरको परिचय गराइएको छ ।
फिल्मको निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । ‘टक्सिक’को प्रदर्शन मिति आगामी मार्च १९ लाई घोषणा गरिएको छ । यसअघि सार्वजनिक पोस्टरमा नयनतारा, हुमा कुरेसी, कियारा आडवानी, तारा सुतारिया, रुक्मिणी वसन्तलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ । यी सुन्दरीहरूको सार्वजनिक पोस्टरमा सुन्दरतासँगै त्यस भित्रको अध्यारोलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कमेन्ट गर्नुहोस्








