जीतुले घोषणा गरे ‘आइएम जीतबहादुर’

फिल्म । अभिनेता जीतु नेपालले आफू निर्माता रूपमा उदाउँदै गरेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले नयाँ फिल्म ‘आइएम जीतबहादुर’ को छायांकन चाँडै सुरु हुने जानकारी दिए ।

जीतुले छायांकनपछि मात्रै प्रदर्शन मिति तय गरिने उल्लेख गर्दै उक्त फिल्ममा आफ्नो ३२ वर्षको कलाकारी यात्रालाई समेटिने बताए । इमानदारी नै आफ्नो पहिचान भएको जनाउदै जीतुले आफ्नो कथामा फिल्म बन्ने सङ्केत गरेका छन् ।

‘इमानदार थिएँ, छु र रहने छु । सकभर झुटो बोल्दिनँ, आफ्नो गल्ती आफैं स्वीकार्ने छु’, लेख्दै उनले दर्शकप्रतिको उत्तरदायित्व र प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समय कलाकारितामा सक्रिय ररहेका जीतु नेपाल अब निर्माताको रुपमा सक्रिय हुन् लागेका हुन् । उक्त फिल्ममा शुभेन्दु घोषको कथा तथा निर्देशन रहेको छ । फिल्मको कार्यकारी निर्माताको रुपमा निश्चल कुँवर र निरज नेपाल रहेका छन् ।

कमेन्ट गर्नुहोस्