कस्तो छ ‘झरीपछिको इन्द्रेणी’ को व्यावसायिक विवरण ?

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी तथा टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार पुस ४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अपेक्षाअनुसारको कमाइ गर्न सकेको छैन । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित यस फिल्मले पुस १९ गतेसम्म ९३ लाख ८३ हजार ५१६ रुपैयाँ आम्दानी गरेको छ ।

फिल्मका कुल २९ हजार ६८३ टिकट बिक्री भएका छन् । भ्रष्टाचार र बेथितिविरुद्धको विषय उठान गरिएको यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, विमोचन दवाडी, जेसिका पोखरेल र प्रियना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्