माल्टाका लागि बिक्यो ‘आ बाट आमा’

फिल्म । नेपाली फिल्म ‘आ बाट आमा’ को माल्टाका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल तथा विकास ढुङ्गानाबीच माल्टामा प्रदर्शनका लागि सम्झौता भएको हो । त्यहाँ रहेका नेपाली दर्शकलाई लक्षित गर्दै ढकाल र ढुङ्गानाले फिल्म खरिद गरेका हुन् । फिल्मका निर्देशक चन्द्र पन्तले माल्टाका लागि प्रदर्शन अधिकार बिक्री भएको पुष्टि गर्दै राम्रै रकममा सम्झौता भएको जानकारी दिए ।

विदेशी बजारमा फिल्मको माग बढेपछि निर्देशक पन्त उत्साहित देखिएका छन् । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । गीतको भिडियोमा गम्भीर बिष्ट र दिलिप ओखेडाले कोरियोग्राफी गरेका छन् भने छायांकन डीओपी नवराज उप्रेतीले गरेका हुन् ।

अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ। फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन् । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन्। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।

कमेन्ट गर्नुहोस्