८ सय करोड क्लबतर्फ ‘धुरन्धर’

फिल्म । भारतीय फिल्म ‘धुरन्धर’ ले नेपालमा पनि उल्लेखनीय कमाइ गरिरहेको छ । रणवीर सिंह, अक्षय खन्ना, संजय दत्तलगायत कलाकारको अभिनय रहेको फिल्म ‘धुरन्धर’ ले नेपालमा ९ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार फिल्मले पुस १३ गते (आइतबार) दिउँसोसम्म ९ करोड ३ लाख २६ हजार ३४५ रुपैयाँ आम्दानी गरेको हो ।

आदित्य धरको निर्देशनमा बनेको स्पाइथ्रिलर फिल्म ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । फिल्मले प्रदर्शनको चौथो हप्ताको शुक्रबार १६ करोड ७० लाख रुपैयाँ (भारु) र शनिवार २० करोड ९० लाख रुपैयाँको व्यापार गर्दै सबैलाई चकित बनाएको छ । भारतमा प्रदर्शनको तेस्रो र चौथो हप्ताको यसरी व्यापार गर्ने फिल्म ‘धुरन्धर’ लगभग पहिलो हो । यसले चौथो साताको शनिवारसम्म ७ सय ६ कर्दो ४० लाख रुपैयाँको कमाइ गरेको छ । यो छिटै ८ सय करोड क्लबमा प्रवेश गर्ने विश्वास भारतीय ट्रेड विश्लेषकले गरेका छन् ।

लामो समयपछि कुनै हिन्दी भाषाको फिल्मले यति प्रभावशाली व्यापार गर्न सफल भएको छ । प्रदर्शनको सुरुआतदेखि नै दर्शकको बलियो उपस्थितिका कारण फिल्मले उच्च कमाइ कायम राखेको देखिन्छ । फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षय खन्ना को ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्