सङ्गीतका भिन्न विधाको सहकार्यले नयाँपन दिन्छ : र्‍यापर हाकिम

सङ्गीत । र्‍यापर हाकिमले नेपाली गीतसङ्गीतमा सबै विधाका गायक बीच सहकार्य हुन् जरुरी रहेको बताएका छन् । गायिका विन्दु परियार तथा गायक एवं र्‍यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उनले विभिन्न विधामा लोकप्रियता हासिल गरिरहेकाहरूको सहकार्यले दर्शकलाई नयाँपन दिने विश्वास व्यक्त गरे ।

‘विन्दु जी आधुनिकसँगै पाश्र्वगायनमा सुनिनु भएको आवाज हो, आश्मानजीले र्‍याप सङ्गीतमा आफ्नो सम्भावना देखाउनुभएको छ । उहाँ दुईको जुगल्बन्दीले दर्शकलाई नयाँपन दिने देखेर नै यो सहकार्य भएको छ । दुवै विधालाई रुचाउने दर्शक एक ठाउँमा ल्याउने हाम्रो प्रयाश पनि हो’, र्‍यापर हाकिमले भने ।

उनले यो सहकार्यले दर्शकलाई नयाँपन दिनुका साथै दुई विधाका दर्शक एक स्थानमा आउने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्