संगीत । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ मा नकआउटबाट बाहिरिएता पनि गायक इशान राईले संगीतलाई निरन्तरता दिईरहेका छन् । यस्तै क्रममा गायक इशानको ‘यो दिलमा’ बोलको गीत मार्फत दर्शक तथा स्रोता सामु आएका छन् । विशाल चौतारी टिभी युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको गीतमा वर्षा राईको शब्द , महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ । गीतमा इसानको मात्र स्वर रहेको छ ।
गीतको सार्वजानिक भिडियोमा स्वयम् इसाननै फिचर्ड छन् । भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गरेका छन् , भने यसलाई विशाल चौतारी टिभीले नै तयार गरेको हो ।
कमेन्ट गर्नुहोस्










