सङ्गीत । गायिका झुमा लिम्बूले नयाँ गीत ‘कर्नाली सलल’ सार्वजनिक गरेकी छन् । कर्णाली प्रदेशको स्थानीय लवज तथा परिवेश समेटिएको यो गीत प्रेम–केन्द्रित कथामा आधारित छ । उमेरैदेखि माया, प्रेम र घरबार बसाउनु राम्रो भन्ने भावनाले भरिएको यस गीतको मुख्य आकर्षण यसको आञ्चलिक लय मानिएको छ ।
गीतमा कर्णालीका स्थानीय शब्द र बोलचालको शैली प्रयोग गरिएकाले गीतले त्यही क्षेत्रको जीवनशैली झल्काउँछ । सरल बोलीचाली, हासखेल र आत्मीयता गीतमा अभिव्यक्त गरिएको छ ।गीतमा हर्क साउदको शब्द र कालीप्रसाद बास्कोटाको संगीत छ । भिडियोमा अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय रहेको छ । भिडियोको निर्देशन कृजन महतले गरेका छन् ।
कमेन्ट गर्नुहोस्








