फिल्म । ‘बाहुबली’ को सार्वजनिक भएका दुई भागलाई पुनः स्तरोन्नति गर्दै तयार गरिएको नयाँ संस्करण ‘बाहुबली : द एपिक’ नेपालमा समेत प्रदर्शन हुँदैछ । ‘बाहुबली’ मा कल्पना गरिएको संसार र भीएफएक्सको प्रयोगको चर्चा भएपछि फिल्मले अनपेक्षित व्यापार गरेको थियो । फलत यसको यसको सिक्वेलले विश्व्यापी व्यापारको इतिहास मात्र बनाएन, दक्षिण भारतीय चलचित्रलाई हिन्दी भाषामा एकै मितिमा रिलिज हुने वातावरण समेत बनायो ।
यसलाई नेपालमा ए-एट, एनसीजीएन र क्रिएटिभ सिने आर्ट्सले भित्राएका छन् । भारतीय प्रख्यात निर्देशक एसएस राजामौली निर्देशित उक्त फिल्मको नेपालमा बुकीङ भने न्यून देखिएको छ । फिल्मले भारतमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ, यद्यपि नेपालमा भने अन्य नेपाली फिल्ममै दर्शकको आकर्षण देखिएको छ ।
विशेषत ‘बाहुबली : द एपिक’ लाई भारतसहित अन्य केही देशमा आइम्याक्स प्रविधीमा दर्शकले प्रतीक्षा गरेका छन् । यद्यपि नेपालीमा भने त्यो प्रतिक्षा र उत्साह न्यून देखिएको छ । यो न्युज तयार पार्दासम्मको फिल्मले प्राप्त गरेको शो र त्यसमा देखिएको बुकिङ र टिकट खरिद हेर्ने हो भने नेपालमा यसको ओप्निङ निकै न्यून हुने देखिएको छ ।










