कस्तो छ ‘वरिष्ठ बलराम’ को टिजर ?

फिल्म । निर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले एकसाथ दुईवटा पोस्टर र फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको टिजरमा दयाहाङ राई र विजय बरालबीचको रोचक नोकझोक प्रस्तुत गरिएको छ । हाल पोस्ट प्रोडक्सनमा रहेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्म निर्देशक सुरेन्द्र पौडेलको चौथो निर्देशकीय कृति हो । यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरिसकेका छन् । दृश्य सम्पादकसमेत रहेका पौडेलले यो फिल्मको कथा र सम्पादन आफैँ गरेका छन्, भने पटकथा महेश दवाडीले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्