‘मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्री ओलीले दिए शुभकामना

सौन्दर्य । नेपालको सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२५’ का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । उनले यो प्रतियोगितालाई नेपालको सौन्दर्य र प्रतिभा विश्वमा चिनाउने अवसरका रूपमा लिएको बताए । प्रधानमन्त्री ओलीले भद्रपुर विमानस्थलमा आयोजक संस्था ‘ग्लोबल ग्ल्यामर भेन्चर’की संगीता पुरी, मिस युनिभर्स २०२४ विजेता सम्पदा घिमिरे लगायतको टिमसँग भेट गर्दै शुभकामना दिएका थिए ।

हाल पूर्वका विभिन्न स्थानमा अडिसन भइरहेको छ । झापाको दमक र विराटनगरमा सम्पन्न अडिसनमा ४० जनाले सहभागिता जनाएका छन् । अब चितवन, पोखरा, बुटवल लगायतका ठाउँमा अडिसनको तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्