फिल्म । भारतीय कलाकार अनुपम खेरको पहिलो निर्देशकीय फिल्म ‘तन्वी द ग्रेट’ लामो समयदेखि चर्चामा छ । जुलाई १८ मा थिएटरमा आउने यो फिल्मले कान्स फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको छ । यो फिल्म एक गायिकाको कथा हो, जो अटिजम डिसअर्डरबाट प्रभावित छिन् र आफ्नो बहादुर बुबाको अधुरो सपना पूरा गर्न भारतीय सेनामा भर्ती हुन चाहन्छिन् ।
सार्वजनिक ट्रेलर रिलिज कार्यक्रममा अनुपम खेरले यो कथा आफ्नी भान्जीबाट प्रेरित भएको खुलासा गरे । उनले भने, ‘तन्वी मेरी भान्जीको कथा हो । यो आइडिया उनले १३ वर्षको हुँदा दिएको थियो र अहिले उनी १७ वर्षकी भइन् ।’
यो खुलासाले फिल्मप्रति दर्शकको उत्साह थप बढाएको छ । फिल्ममा शुभांगीले तन्वीको मुख्य भूमिका निभाएकी छिन्, जो अनुपम खेरको एक्टिङ स्कूलबाट छनोट भए ।
कमेन्ट गर्नुहोस्










