‘जेम्स बन्ड’ फिल्म कम्पनी किन्दै अमेजन

फिल्म । हलिउडमा निकै लामो समयसम्म फ्रेन्चाइज आउनेमा पर्छ ‘जेम्स बोन्ड’ । बेलायती जासुसको कथामा आधारित फिल्मले दर्शकहरुको मन जित्दै अगाडी बढिरहेको छ । यसलाई निर्माण गर्दै आइरहेको कम्पनि हो ‘मेट्रो गोल्डेवेन मेयर’ (एमजीएम) । हलिउडको पुरानो मध्येको एक यो कम्पनिलाई अमेजनले खरिद गर्ने भएको छ । अमेजनले यो कम्पनी १ अर्ब अमेरिकी डलरमा किन्न लागेको खबर बीबीसीमा छ ।

एमजीएमसँग सय वर्ष पुराना फिल्म ‘बेन हर’ र ‘विजार्ड अफ ओजी’ देखि प्रदर्शनको पर्खाइमा रहेको जेम्स बन्ड सिरिजको ‘ नो टाइम टु डाई’सम्म छन् । अमेजनले किनेसँगै एमजीएमले बनाएका हजारौं फिल्म अमेजन प्राइमको प्लेटफर्ममा उपलब्ध हुनेछन् । त्यसो त पछिल्लो समय अमेरिकामा अहिले ठूला कम्पनीले साना कम्पनी लिने होड नै चलेको छ । टेलिकम्युनिकेसन कम्पनी एटी एन्ड टीले डिस्कभरी च्यानलसँगै वार्नर मिडियाको युनिट किन्ने सम्झौता गरे लगत्तै अमेजनले एमजीएम किन्न लागेको हो ।

कमेन्ट गर्नुहोस्