आउँदो दसैँमा महसंगै दीपकको फिल्म ?

फिल्म । आउँदो दसैँलाई लक्षित गर्दै यतिबेला तिन फिल्म घोषणा भएका छन् । अशोक शर्माको ‘आलारे २’ पहिले नै घोषणा भएको हो भने जात्राको निर्माण समुह षटकोण आर्ट्सको निर्माण र प्रदीप भट्टराईको निर्देशन रहने फिल्म पनि आउँदो दसैँलाई लक्षित गर्दै फूलपातीमै प्रदर्शन हुनेछ । साथै , छक्का पञ्जाको चौथो सिरिज पनि यहिँ डेटमा आउने भएको छ । वितरकहरुसंग सम्झौता गर्दै फिल्म ‘छक्का पञ्जा ४’ निर्माणको घोषणा गरिएको छ ।

फिल्ममा दीपकरा गिरी , जितु नेपाल र केदार घिमिरेको अभिनय रहनेछ भने यसलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् । यससंगै आउँदो दसैँमा जात्रा टिम र छक्का पञ्जा टिमको फिल्मसंगै आउने देखिएको छ । नेपाली फिल्ममा छक्का पञ्जापछि दर्शकको मन जित्दै अगाडी बढ्नेमा यात्रा टिम पर्छन । यसकारण पनि यी दुइ फिल्मसंगै आएमा घाटा दुवैलाई हुनेछ । छक्का पञ्जा सिरिजमा दीपक , दीपा , जितु , केदार छन् भने जात्रा समुहको फिल्ममा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , रविन्द्र सिंह बानियाँको अभिनय रहनेछ भने यसलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्