फिल्म । बलिउड अभिनेत्री कियारा एडवाणी यतिबेला इन्टरनेटमा ट्रेन्डिङमा छिन् । कारण हो, उनको आगामी फिल्म ‘वार २’को टिजरमा देखिएको आकर्षक सुनौलो बिकिनी लुक । यो दृश्यले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।
टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा प्रस्तुत गरिएको छ । समुद्र तटमा टोन्ड फिगर र आत्मविश्वासका साथ बिकिनीमा हिँडिरहेकी कियाराको ग्ल्यामरस अवतारले फ्यानहरूको ध्यान खिचेको छ । यो दृश्य भाइरल बन्दै फ्यानहरूबीच व्यापक चर्चाको विषय बनेको छ ।
‘वार २’को टिजरले कियारा र ऋतिकको जोडीले दर्शकलाई उत्साहित बनाएको छ । यो फिल्मले एक्शन र ग्ल्यामरको मिश्रणले बक्स अफिसमा धमाका मचाउने अपेक्षा गरिएको छ । कियाराले पहिलोपटक आफूलाई बिकिनी अवतारमा प्रस्तुत गरेकी हुन् । सोही कारण पनि उनको यो दृश्य चर्चामा आएको हो ।
कमेन्ट गर्नुहोस्









