राजनराज र मेलिनाको स्वरमा ‘खोली तिरैमा’ सार्वजनिक

फिल्म । संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ । गीतमा क्यानाडामा बसोबास गर्दै आएका गीतकार विनोद सुवेदीको शब्द रचना रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन् । धेरै म्युजिक भिडियोमा अनुभव बटुलिसकेका रमेश र यसै भिडियोमार्फत डेब्यु गरेकी करिश्माको यो पहिलो सहकार्य हो ।

दोलालघाटको रमणीय दृश्यहरूमा छायांकन गरिएको यस भिडियोलाई राजुजंग बस्नेतले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा आभेश बज्राचार्यको छायांकन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्