फिल्म । आज शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ एकसाथ प्रदर्शनमा आएका छन् । सामाजिक तथा मानवीय सम्बन्धका कथावस्तुमा आधारित यी दुवै फिल्म ‘सोसल ड्रामा’ विधाका हुन् ।
कलाकार विपिन कार्की र मिरुना मगरको प्रमुख अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ ले देशभरका चलचित्र घरहरूमा १ सय ९० शो पाएको निर्माण पक्षले जनाएको छ। यस्तै, सौगात मल्ल, गीताञ्जली थापा र अनुपविक्रम शाही जस्ता कलाकारहरूको सशक्त अभिनय रहेको चलचित्र ‘जार’ ले ८६ शो प्राप्त गरेको छ ।
‘जार’ र ‘ऊनको स्वीटर’ले पाएको शो संख्यालाई सन्तोषजनक मानिएको छ । दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया र राम्रो ‘वर्ड अफ माउथ’ पाएको खण्डमा व्यापारिक सफलता हासिल गर्न सक्ने अनुमान गरिएको छ । अब आजबाट दर्शकले चलचित्र हेरेपछि दिने प्रतिक्रियाले नै यी चलचित्रको बक्सअफिस यात्रा निर्धारण गर्नेछ।
कमेन्ट गर्नुहोस्










