अस्ट्रेलियामा दर्शक नचाउँदै करण

सङ्गीत । गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ बिजेता समेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा उनले प्रस्तुती दिएका छन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा गत शनिबार साँझ करणले आफ्ना दर्जनौं हिट गीतमार्फत दर्शकहरुलाई नचाएका थिए । ‘करण राई नाईट’ नाम दिइएको सो कार्यक्रममा सयौं दर्शकहरू करणसंगै उनको प्रस्तुतीमा झुमे ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा करण राईको उपस्थितिमा खेलकुदको क्षेत्रमा उदीयमान प्रतिभाहरूको विशेष सम्मान पनि गरिएको थियो । करिब १५ वर्ष मुनिका खेलाडीदेखि भूतपूर्व भूटानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूलाई करण राईको हातबाट सम्मान गरिएको थियो ।

भुटानी अष्ट्रेलियन कम्युनिटि सपोर्ट ग्रुप इन अल्बेरीका अध्यक्ष डमर क्षेत्रीले कार्यक्रम सफल्ताको बारेमा जानकारी गराए । त्यस्तै क्रिएटिभ जर्नी फाउन्डेसनको आयोजनामा केहि दिन अगाडी अष्ट्रेलियाको ताजमनियामा पनि करणको अर्को भब्य कन्सर्ट सम्पन्न भएको थियो ।

करणले कन्सर्टमा करिव एक घण्टा ३० मिनेट लगातार आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई झुमाएका थिए । कन्सर्टमा क्रिएटिभ जर्नी फाउन्डेसनको अध्यक्ष ओवेथ राईले करणलाई सम्मान हस्तान्तरण गरेका थिए । करणले पनि अष्ट्रेलियामा पाएको मायाले आफुलाई नयाँ संगीत सृजनाहरु गर्न उत्साहित बनाएको बताए ।

कमेन्ट गर्नुहोस्