फिल्म । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ्ग र्याइँ र्याइँ’ बिहीबार सार्वजनिक गरिएको छ । भिडियोमा कृतिलाई मोडल सुनिल क्षेत्रीले साथ दिएका छन् । गीतमा वसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको रचना गीतकार राजेन्द्र थापाले गरेका हुन् ।
निर्माता तथा निर्देशक शर्माले छोरीले आफूलाई अभिनय प्रति लगाव रहेको कुनै सङ्केत नदिएको बताए । उनले भने,‘छोरी पर्दामा अगाडि भन्दा पनि पछाडी काम गर्न रुचाउने स्वभावकी छिन् । उसले यसअघि केही फिल्ममा सहायक निर्देशकको रुपमा गरिसकेकी छिन् । उनलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा पाएको भए मेरै फिल्मबाट पनि डेब्यु गराउनेथिएँ, खैर उनको अभिनयमा मेरो गुण सरेको आभाष मैले भिडियो हेरेर गरे ।’
कृतिले ‘पानीफोटो’ र ‘रातो टीका निधारमा’ सहायक निर्देशक भएर काम गरेकी थिइन् । उनले मोडल क्षेत्रीले गरेको प्रस्ताव मन परेकाले अभिनय गरेको बताइन । उनले भनिन्,‘पहिलो पटक अभिनय गर्दाको अनुभव रमाइलो भयो । त्यससँगै डान्सिङ नम्बर भएकाले नृत्य गर्न केही असहज समेत भएको थियो, तर टिमको सपोर्टले मैले काम गर्न सके ।’
उनले आगामी दिनमा भिडियोको अफरलाई छनोट गरेर स्वीकार्ने बताउदै आफ्नो उदेश्य निर्देशन रहेको जनाउदै निर्देशनमा फोकस गर्ने बताइन । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन तथा कलर गरेका हुन् ।








