शिवरात्रिका तीनै फिल्मको अग्रिम टिकट बुकिङ र बिक्री खुला

फिल्म । आउँदो फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर एकसाथ प्रदर्शनमा आउने तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ र बिक्री खुला भएको छ ।मल्टिप्लेक्सहलहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ र टिकेट खरिद गर्न सक्ने बताएका छन् । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ लाई देशभर गरेर ६६ शो दिएको छ। क्युएफएक्सले यो फिल्मलाई काठमाडौंभित्र मात्र २८ शो दिएको हो।

त्यस्तै, क्युएफएक्सले निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’ लाई देशभरका हलमा ५१ शो दिएको छ। फिल्मले क्युएफएक्समा काठमाडौंभित्र मात्र २४ शो पाएको छ । दीवाकर भट्टराई निर्देशित ‘मायावी’ लाई क्युएफएक्सले ४२ शो दिएको छ। यो फिल्मले क्युएफएक्सअन्तर्गत काठमाडौंभित्र मात्र २० शो पाएको छ।

त्यस्तै, बिग मुभिजले ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ लाई ५/५ शो दिएको छ भने यो हलमा ‘मायावी’ ले ३ शो पाएको छ। सोमबार बेलुकासम्म अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाएका छन् । केहीले बुकिङ खुलाउने तयारी गरेका छन् । मंगलवार दिउसोसम्म तीनै फिल्मको सम्पूर्ण शो खुला भएपछि पाउने कुल शो सङ्ख्या निर्धारण हुनेछ ।

कमेन्ट गर्नुहोस्