एमएसएम भिडियोमा ‘हल्कारा’

ओटीटी । नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा नेपाली फिल्म ‘हल्कारा’ रिलिज भएको छ । गत वर्ष नेपालमा रिलिज भएको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेता पनि व्यावसायिक रुपमा असफल भएको थियो । प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको छ ।

‘हल्कारा’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्