‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक

फिल्म । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक गरिएको छ । ‘माला’ र ‘रुद्रप्रिया’ पछि निर्देशक सिंहले निर्देशन गरेको फिल्मको सार्वजनिक टिजरमा कलाकार लक्ष्मी गिरीले बाचन गरेको कविताको अंशबाट सुरु हुन्छ । यसमा दुई पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ । फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भन्न खोजेको टिजरबाट बुझिन्छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

पारिवारिक कथामा निर्माण भएको फिल्ममा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । यसको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्