बलिउडकी ‘अनलक्की गर्ल’ विद्या

फिल्म । पछिल्लो समय अभिनेत्री विद्या वालन अभिनित फिल्म ‘भूल भुलैया ३’ ले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । ‘भूल भुलैया’ मा देखिएता पनि सिक्वेलमा भने विद्या थिइनन् । यद्यपि तेस्रो भागमा आएसँगै उनको चर्चा पुनः बढेको छ । केही समयको अन्तरालमा देखिएकी विद्याले पब्लिसिटीमा समेत राम्रो स्थान पाइन् । भारतीय सञ्चारमाध्यमले ‘भूल भुलैया ४’ मा समेत विद्या र कार्तिक आर्यन रहने खबर सार्वजनिक गरिरहेका छन् ।

यद्यपि कुनै समय विद्यालाई बलिउडमा ‘अनलक्की गर्ल’ भनिन्थ्यो । ‘परिनिता’ मार्फत बलिउडमा पाइला टेकेकी विद्याले त्यसपछि ‘मुन्नाभाई एबबिबिएस‘, ‘डर्टी पिक्चर’, ‘कहानी’ जस्ता दमदार फिल्ममा प्रस्तुत गरेकी छिन् । यद्यपि उनले यसका लागि गरेको सङ्घर्ष प्रेरणादायी छ । फिल्मी ब्याकग्राउण्ड नभएको परिवारबाट बलिउडसम्मको यात्रा तय गरेकी विद्याले यो सफलता पाउन गरेको सङ्घर्षको बारेमा हालै भारतीय मिडियासँग कुराकानी गरेकी छिन् । एड, म्युजिक भिडियो हुँदै फिल्ममा आएकी विद्याले एकसाथ १२ फिल्म साइन गरेर छाड्नु परेको थियो । त्यो उनको जीवनको निकै पिडादायी पल रहेको उनले बताएकी छिन् ।

‘म इन भएको प्रोजेक्ट की रोकिन्थ्यो की बन्थिएन । लगातार बाह्र फिल्म त्यस्तो भएपछि मलाई अनलक्की भन्न थालेका थिए । म आफैँलाई पनि फिल्ममा केही हुदैन भन्ने लागेको थियो’, उनले भनिन् । त्यो समय उनमा फ्रस्टेसन सुरु हुन् लागेको थियो । उनलाई लाग्थ्यो कि म फिल्ममा आउन सक्दिन् । यसैबीच उनलाई साउथकै फिल्म अफर भयो र छायाँकन पनि सुरु भयो ।

‘मलाइ लाग्यो अब त सहि हुन्छ किनकी फिल्म साइन गरे र छायाँकन पनि सुरु भयो’, विद्या खुसि थिइन् । तर , त्यो खुसि धेरै समय टिकेन । किनकी त्यो फिल्म एक साता नपुग्दै रोकियो । कारण, निर्मातासँग बजेट थिएन । त्यसपछि बटुलेको साहस पनि विद्याले गुमाउन थालिन् । उनि अब फिल्मकै लागि स्ट्रगल गर्ने कि नगर्ने भन्ने फेजमा आइसकेकी थिइन् ।

यो सबलाई नियाली रहेकी आमाले उनलाई आत्मबल प्रदान गरिरहेकी थिइन् । ‘म नजिकै रहेको साईबाबा मन्दिरमा गएर घण्टौ रुन्थे र मलाइ यहाँसम्म ल्यायौ अब गन्तव्यसम्म पुर्याउने तिम्रो काम हो भन्दै प्राथना गर्थे’, विद्याले भनिन् । त्यहिँ बीचमा उनलाई एउटा सेक्स कमेडी फिल्म पनि अफर भएको थियो । उनले साइन पनि गरिन्, तर काम गर्न असहज भएपछि छाडिन् । त्यसको कानुनी झमेलामा समेत उनले तनाव बेहुर्नु पर्यो ।

उनले भनिन्,‘त्यो समय मलाइ लाग्थ्यो किन यति धेरै समस्या आइरहेको छ, मेरो लाइफमा । मेरो फ्यामिलीले हौसला नदिएको भए म त्यो फेज पार गर्न सक्दिन थिए ।’ लगभग यस्तै किसिमको तनावमा उनले तीन वर्षको समय विताइन । त्यहिँ बीचमा उनलाई एक म्युजिक भिडियोमा अफर आयो । प्रदीप सरकारको भिडियोमा काम गर्ने अवसर उनले पाइन् ।

‘त्यो भिडियो मैले त्यहीँ काम गर्ने एक लेडीको कारण पाएको थिए । उहाँले नै दादा (प्रदीप) लाई कन्भिन्स गर्नु भयो । त्यो भिडियोको छायाँकन सकिने बेला विहानी पख मलाइ दादाले तिमिसँग फिल्म बनाउछु भन्नु भयो’, विद्याले भनिन् । तर, त्यतिबेला उनलाई त्यो सामान्य लागेको थियो । किनकी विद्याले त्यस्तो बचनबद्धता धेरैबाट पाएकी थिइन् । लगातार १२ फिल्मबाट निकालिएकी थिइन् । त्यसलाई उनले त्यसलाई हल्का रुपमा नै लिईन् ।

केहि समयपछि प्रदीपले विद्यालाई ‘परिनिता’ अफर गरे । विद्या खुसि थिइनन् किनकी छायाँकन सुरु हुनु थियो । त्यो फिल्मलाई निर्माण गर्ने भए विधु विनोद चोपडाले । विद्यालाई फिल्म छायाँकन हुँदासम्म म हुदिन भन्ने लाग्यो । ‘विनोदले दादालाई नयाँ कास्टमा किन यत्रो पैसा लगाउने भनेर धेरै पटक छलफल गरेको सुनेकी थिए । त्यसैले म फिल्ममा हुन्छु भन्ने लागेको थिएन । तर, दादाले कन्भिन्स गर्नु भयो र मेरो अडिसन लिने भईयो’, विद्याले भनिन् ।

अडिसन स्वरूप फोटोशुट गरियो । उनि निकै उत्साहका साथ सहभागी भइन् । तर, त्यो क्रम त्यतिमै रोकिएन । उनले त्यसपछि गीत, सिन लगायतका दृश्यमा अडिसन दिनु पर्यो । यो क्रम एक महिना चल्यो । उनले हप्तामा एक दुइ पटक अडिसन दिन जानु पर्थ्यो । त्यो बीचमा उनलाई दिक्क लागिसकेको थियो । किनकी उनि अडिसनकै फेजमा दिक्दार भएकी थिइन् । उनि एकदिन कन्सर्टमा थिइन् । उनको मोबाइल अफ भएकोले प्रदीपले उनको साथीको नम्बरमा फोन गरे । प्रदीपको नम्बरबाट विनोदले कुरा गरे । विद्यालाई लाग्यो, तिमीलाई लिन सक्दिनँ भनेर भन्छन् ।

‘म अब नेक्स्ट टाइम काम गरौला भन्छन् भन्नेमा थिए । विनोदले मलाइ तिमि भिडबाट बाहिर आउ भन्नुभयो । म निस्किए र मलाइ तिमि नै मेरी परिनिता हौँ भन्नु भयो । म त्यहाँ एक्लै थिए, त्यो सुन्ना साथ् रोईरहे । आँशु अचानक झरे र रोकिएनन्’, विद्याले भनिन् । त्यो समय उनलाई मेहनतको फल पाए झैँ लाग्यो । उनले एक महिनासम्मको टेस्ट र अडिसनलाई बल्ल बुझिन् ।

‘बल्ल बुझयौ हिरालाई तयार गर्न कति टाइम लाग्छ भनेर’ विनोदको यो वाक्य सुनेर उनि झन् धेरै खुसि भइन् । त्यसपछि फिल्म बन्यो र सफल पनि रह्यो । डेब्यु फिल्ममै विद्याले सफलता पाइन् । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्