‘ह्रस्व दीर्घ’ गीतमा नीता र हरिहरको प्रेम

फिल्म । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् । यो गीतमा दुर्गेश थापाको संगीत निर्देशन, शब्दर रचना र एरेञ्ज रहेको छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । पाश्र्व गायनमा उनको यो डेव्यु हो ।

सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ फिल्मको हाइप निर्माण गर्ने विश्वास टिमको छ । नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्