‘कमब्याकका लागि मोदीबेनी रोजें’ : रेजिना

फिल्म । अभिनेत्री रेजिना उप्रेतीले आफूलाई फिल्म ‘मोदीबेनी’ मा विषयवस्तुले आकर्षित गरेको बताएकी छिन् । विगत ९ वर्षदेखि फिल्ममा काम नगरीरहदा कमब्याक फिल्म कुरिरहदा ‘मोदीबेनी’ अफर भएपछि दर्शकसम्म पुनः आउने फिल्म यसैलाई तय गरिएको उनले बताइन् ।

‘मलाई विभिन्न फिल्म अफर भएका थिएँ । तर, म सही टिम र फिल्मको पर्खाइमा थिएँ । मोदिबेनीको कथावस्तुसँगै यसको टिममा देखिएको उर्जाले म यही फिल्ममार्फत कमब्याक गर्नुपर्छ भन्ने लाग्यो । सोही कारण म पुनः अभिनयमा फर्किएँ’, उनले भनिन् ।

अभिनेत्री उप्रेतीले अब अभिनयलाई निरन्तरता दिने बताइन । उनी आफू अनुकूल भूमिकामार्फत दर्शकसम्म आउने तयारीमा जुटेकी छिन् । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार भएको ‘मोदीबेनी’ मा अभिनेता सरोज खनाल,अभिनेत्री वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक शङ्कर कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा साउन १८ गतेबाट प्रदर्शन हुँदैछ । डिनेस्ट इन्टरटेनमेन्टको व्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका फिल्ममा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन, एसडी योगी र शान भुसालले सङ्गीत भरेका छन् ।

कमेन्ट गर्नुहोस्