
फिल्म । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो प्रेमभाव व्यक्त गर्ने गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द रचना अनि संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । गीतमा साम्राज्ञी, निश्चल र गरिमाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।
ट्राभल लभस्टोरीको कथा प्रस्तुत गरिएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गर्दैछन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । फिल्म जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।



फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।
