‘म तयार छैन’

फिल्म । अभिनेत्री मृणाल ठाकुरले आफु फ्लोरमा जान तयार नरहेको बताएकी छिन् । लकडाउन केही खुकुलो बनाइएको र महाराष्ट्र सरकारद्वारा हरियो झन्डा देखाएपछि फिल्म निर्माताले सुटिङ सुरु गर्ने निर्णय गरेका छन्। तर, सुपर–३० की अभिनेत्री मृणाल भने तत्काल सेटमा जान तयार छैनन्। उनका लागि स्वास्थ्य पहिलो प्राथमिकता हो।

‘म अहिलेसम्म सुटिङका लागि तयार भएकी छैन। मलाई लाग्छ, म एउटा सुटका लागि तयार हुनु भनेको धेरैको स्वास्थ्य खतरामा पार्नु हो। वास्तवमा म अहिले निर्णय लिन असमर्थ छु’ मृणालले मिडीयासँग कुरा गर्दै भनिन् ।

मृणालले सुटिङ सुरु गर्नुभन्दा पहिले जिम्मेवार हुन आग्रह गरेकी छन्। ‘स्वास्थ्य पहिलो प्राथमिकता हो। काम ढिलो गर्नु एकमात्र विकल्प होइन। त्यसैले उचित उपाय अपनाउनु पर्छ’ उनले भनिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्