फिल्म । नेपाली कलाकारितामा फिल्म ‘महापुरुष’बाट उदाएका अरुण क्षेत्रीको राम्रै चर्चा भयो । तर, त्यसपछि उनले अभिनय गरेको फिल्म ‘प्रेमा’ र ‘ज्याकी : आईएम ट्वान्टी वान’ ले सफलता प्राप्त गर्न सकेन । यिनै अरुण पछिल्लो समय नेपाली फिल्म ‘महाजात्रा’ को एक गीतमा देखिएका थिए । यतिबेला अरुणले नयाँ फिल्म ‘जुगिना’ मा काम गरिरहेका छन् ।
फिल्मको लुक्सलाई उनले आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । जसको चर्चा अहिले बढिरहेको छ । ट्राभल, रोमान्स र एडभेन्चरको कथा देखाइने फिल्ममा अरुण अघिला भन्दा फरक देखिएका छन् । उनको एक्सन लुक्सलाई यतिबेला सामाजिक सञ्जालमा रुचाइएको छ । फिल्ममा अरुणसँगै नायिका सुरक्षा पन्त र नायक कार्म छन् । फिल्म ‘जुगिना’लाई प्रवीण रोकायाले निर्देशन गरिरहेका छन् ।
यो फिल्मको ८० प्रतिशत छायांकन खप्तड र बझाङमा गरिएको छ । बाँकी २० प्रतिशत छायांकन भने काठमाडौंमा हुने बताइएको छ ।