फिल्म । नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको छ । गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्वी पौडेलको दृश्य खिच्दै सुरू गरिएको फिल्मको आज तेस्रो दिनको छायांकन भइरहेको छ । सेभेन सिज सिनेमाले निर्माण गरिरहेको फिल्ममा अन्जना बराईली, मुकुन भुसाल, विनोद न्यौपाने, भोला राज सापकोटा, देशभक्त खनाल, विजय बराल, बुद्धी तामाङसँगै बालकलाकारद्वय जान्वी पौडेल र स्वयम केसी लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
फिल्ममा सम्पूर्ण कलाकारकै भूमिका महत्वपूर्ण भएकाले सबै विशेष रहेको निर्माता विनोद पौडेलले बताए । ‘पूर्ण बहादुरको सारङ्गी’ सेभेन सिज इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको छ ।
सरोज पौडेलको लेखक तथा निर्देशक रहेर सोसल-ड्रामा फिल्ममा मौलिक कथाको एक गहन विषयलाई उठान गरिएको जनाईएको छ । फिल्ममा पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ । फिल्मको प्रदर्शन मिति आउँदो वर्ष विसं २०८२ लाई तोकिएको छ ।